काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा नियुक्ति गर्नेगरी १३७ जना नगर प्रहरी जवान माग गरेको छ । नेपाली सेनाको सैन्य पदको विज्ञापन नं। ०८०–८१–०२ मा वैकल्पिक सूचीमा समावेश भएका इच्छुक उम्मेदवारलाई नियुक्ति गर्नेगरी महानगरले दरखास्त आह्वान गरेको हो ।

नेपाली सेना, भर्ना छनोट निर्देशनालय, कार्यरथी विभाग, जङ्गी अड्डाबाट प्राप्त वैकल्पिक सूचीमा समावेश भएका उम्मेदवारहरू मध्ये इच्छुक उम्मेदवारले ७ (सात) दिनभित्र काठमाडौं महानगरपालिका प्रशासन विभागमा दरखास्त पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।


दरखास्त पेश गर्दा वैकल्पिक दर्ता नं खुलेको ढाँचा बमोजिमको निवेदन र र नागरिकताको प्रमाण पत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

नेपाल कर्म । २९ जेष्ठ २०८१, मंगलवार १३:११