गण्डकीमा नेसपानिकट सांसदको फ्लोर क्रस, मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौँ । गण्डकी प्रदेशसभामा माओवादी संसदीय दलका सदस्य रहेका नेसपा नेता फणीन्द्र देवकोटाले विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मत दिएसँगै सरकार जोगिएको छ ।



उनले माओवादीको ह्विपविपरीत सोमबार भएको मत विभाजनमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको पक्षमा मत दिएर फ्लोर क्रस गरेका हुन् । उपस्थित ५९ सांसदमध्ये मुख्यमन्त्री प्रस्तावको पक्षमा ३१ र विपक्षमा २८ मत परेको सभामुख कृष्णप्रसाद धितालले घोषणा गरे ।

मुख्यमन्त्री पाण्डेको प्रस्तावको पक्षमा कांग्रेसका २७, राप्रपाका दुई, माओवादी संसदीय दलका सदस्य रहेका नेसपाका देवकोटा र स्वतन्त्र सांसद राजीव गुरुङले मत दिएका हुन् ।

फ्लोर क्रस गरेका सांसद देवकोटाले आफू छुट्टै दलको भएकाले ह्विप नलाग्ने बताउँदै आएका छन् । देवकोटाले पक्षमा मत हाल्न जाँदा एमाले र माओवादी सांसदले फ्लोर क्रस गर्न पाइँदैन भन्दै नाराबाजी गरेका थिए ।

तपाईको प्रतिक्रिया