सुनकोशी नदीमा लुगा धुने क्रममा चिप्लेर बेपत्ता भएकी युवतीको शव भेटियो

सिन्धुलीको गोलन्जोर गाउँपालिका–६, हैवारस्थित सुनकोशी नदीमा डुबेकी किशोरीको शव भेटिएको छ ।



सशस्त्र प्रहरीले सोमबार दिउँसो गोलन्जोर गाउँपालिका– ६, मेवाबोटकी २१ वर्षीया चन्द्रकला हायुको शव फेला पारेको हो ।

उनी लुगा धुने क्रममा चिप्लियर नदीमा हराएकी थिइन् । उनको शव घटनास्थलनजिकै फेला पारेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया