काठमाडौं। नेपालमा मनसुन भित्रिएसँगै बर्खायाम सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले आज सूचना जारी गरी नेपालको कोसी प्रदेशबाट मनसुन भित्रिएको जानकारी दिएको छ।

नेपालमा मनसुन पूर्वी क्षेत्रबाट प्रवेश गर्छ। नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो। यस वर्षको मनसुन सरदर मितिभन्दा ३ दिन छिटो नेपाल प्रवेश गरेको हो।


महाशाखाका अनुसार नेपालका अन्य ठाँउहरुमा भने केही दिनमा क्रमश मनसुन अगाडि बढ्ने छ ।

नेपाल कर्म । २८ जेष्ठ २०८१, सोमबार १६:५०