काठमाडौं । वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले सन्दीप लामिछानेलाई टी–२० विश्वकपका लागि शुभकामना दिएका छन् । वेस्ट इन्डिजमा हुने खेलमा सहभागी हुन सोमबार त्यहाँ पुगेका लामिछानेलाई आचार्यले बधाई र नेपाली टोलीलाई सफलताको शुभकामना दिएका हुन् ।

लामिछाने सोमबार नै वेस्ट इन्डिज पुगिसकेका छन् । अमेरिकाले भिसा नदिएपछि उनले अमेरिकामा हुने २ खेल गुमाएका छन् ।


वेस्ट इन्डिजमा बङ्गलादेश र साउथ अफ्रिकासँग उनले खेल्नेछन् ।

नेपाल कर्म । २८ जेष्ठ २०८१, सोमबार १०:४६