लागुऔषध सहित सुर्खेतबाट एकजना पक्रउ

सुर्खेत । वीरेन्द्रनगर नगरपालिका–११ झुप्राखोला जाने बाटोमा एक जनालाई लागुऔषध ब्राउनसुगर सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा लेकवेशी नगरपालिका–१० बस्ने नगेन्द्र बहादुर शाहीको छोरा २७ बर्षीय अर्जुनजंग शाही रहेका प्रहरीले जनाएको छ ।



शनिबार लागुऔषध नियन्त्रण ब्युरो शाखा सुर्खेत र इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाच गर्ने क्रममा शाहीको साथबाट लागुऔषध ब्राउन सुगर जस्तो खैरो धुलो पदार्थ नापतौल गर्दा दु्ई सय २० मिलिग्राम र शुद्ध एक सय २० मिलिग्राम सहित प्रक्राउ गरिएको हो । पक्राउ परेको शाहीमाथी इलाका प्रहरी कार्यालय छिन्चुले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया