तीन बाेरा अबैध सुर्ती बरामद

सुर्खेत । छिन्चु प्रहरीले अवैध सुर्ती बरामद गरेकाे छ। भेरीगंगा नगरपालिका-१० तोलीखोलाबाट प्रहरीकाे टाेलीले बिल नभएकाे सु्र्ती नियन्त्रणमा लिएर गाडीलाइ छाेडेकाे छ । नेपालगंजबाट जाजरकोटतर्फ आउदै गरेको भे १ ज ९१२ नम्बरको जीपमा चेकजाँच गर्ने क्रममा अबैध रुपमा ल्याएको तीन बाेरा सुर्ती बरामद गरिएकाे जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएकाे छ । बरामद गरिएकाे सुर्ती इलाका प्रहरी कार्यालय छिन्चुमा राखिएकाे छ ।



तपाईको प्रतिक्रिया