कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ खच्चड फसे

सुर्खेत। कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १३ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा सामान बोकेर ल्याउँदै गरेको १३ वटा खच्चड पुलमै फसेका हुन् ।



बिहानैदेखि पुलको एकातर्फको लठ्ठा चुँडिदा खच्चड तारमा अड्किएको दैलेख प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) सुनिल दाहालले बताए ।

उनले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए । उनका अनुसार अछाम र दैलेखबीच आउजाउ बन्द भएको छ । खच्चडले सामान बोकेर ल्याउँदै थियो ।

तपाईको प्रतिक्रिया