दलका शिक्षकलाई कारबाही गरेको विवरण नआएपछि पुन : ताकेता

काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेका शिक्षकरकर्मचारीलाई कारबाहीसम्बन्धी प्रगति विवरण पठाउन पुनस् ताकेता गरेको छ।



विकास केन्द्रले तोकिएको समयमा उक्त प्रगति विवरण नपठाएपछि पुन;ताकेता गरेको हो। विकास केन्द्रले सबै शिक्षा विकास तथा समन्वय एकाइलाई ७ दिनभित्र विवरण उपलब्ध गराउनु भनेको छ।

केन्द्रले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षकरकर्मचारीलाई कारबाही सम्बन्धमा २०८१र०१र२८ को निर्णय कार्यान्वयन सम्बन्धमा जेठ २ गते प्रगति विवरण उपलब्ध गराउन निर्देशन दिएको थियो। तर, कसैले पनि विवरण पठाएनन्।

‘हालसम्म केही इकाइहरूबाट अपूर्ण विवरण प्राप्त भएको र बाँकी इकाइहरूबाट कुनै पनि विवरण उपलब्ध नभएको हुँदा राजनीतिक दलको सदस्यता लिएका, राजनीतिक दलको कार्यकारिणी समितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि भएका शिक्षक कर्मचारीहरूलाई प्रचलित कानुनबमोजिम के कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ सो को विवरणका साथै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाइको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालयबाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरू छन् र तीमध्ये कति शिक्षकहरू पदाधिकार रहेको विद्यालयमा फिर्ता भएका छन् सो सम्बन्धमा पूर्ण प्रगति विवरण यो पत्र प्राप्त गरेको मितिले ७ दिनभित्र यस केन्द्रमा उपलब्ध गराउन निर्णयअनुसार अनुरोध छ,’ सूचनामा उल्लेख छ।

राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेको शिक्षकरकर्मचारीलाई कारवाही गर्ने शिक्षामन्त्री सुमना श्रेष्ठको निर्णयप्रति शिक्षकहरूले भने असन्तुष्टि जनाउँदै आएका छन्।

तपाईको प्रतिक्रिया