गाजा खेतीका लागि एक महिनाभित्रै कानुन बन्छ : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले गाजा खेतीको वैधानिकताका लागि एक महिनाभित्र कानुन बन्ने दाबी गरेका छन् । शुक्रबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा गृहमन्त्री लामिछानेले गाजा खेतीबारे गृह मन्त्रालयले पनि अध्ययन गरिरहेको बताए ।



सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत गाजा खेतीलाई प्रवर्द्धन गर्ने नीति लिएको छ । गाजा खेतीको वैधानिकताबारे प्रश्न उठिरहेका बेला बुधबार समितिले गृहमन्त्री लामिछाने र अर्थमन्त्री वर्षमान पुनसँग छलफल गरेको हो ।

छलफलका क्रममा गृहमन्त्री लामिछानेले एक महिनाभित्रै नियमावली बनाएर गाजा खेतीको वैधानिकता प्रस्ट पारिने जानकारी दिए । नेपालमा औषधिजन्य प्रयोजनका लागि गाजा खेतीलाई वैधानिकता दिन आवाज उठ्दै आएको छ ।

तपाईको प्रतिक्रिया