सुर्खेत । मानव अधिकार तथा शान्ति समाजले कर्णालीको उत्थानमा योगदान गर्न आग्रह गर्दै अभियान प्रारम्भ गरेको छ । यो अभियान पहिलो चरणमा शान्ति समाजले कर्णालीका विकट हिमाली जिल्ला केन्द्रीत तीन वर्षे बालिका छात्रवृत्ति अभियान सञ्चाल गरेको छ ।

यस क्रममा २०८० जेठको अन्तिम साता हुम्ला, मुगु, जुम्ला, कालिकोट, दैलेख लगायत कर्णाली प्रदेशका जिल्लामा कक्षा ६ मा अध्ययनरत आधा दर्जन बढी विद्यालयका ८४ जना विपन्न दलित समुदायका वालिकाहरुलाई पहिलो वर्षको छात्रवृत्ति सहयोगका लागि रु. १२ हजार प्रदान गरिएको थियो । यसको उद्देश्यमध्ये शैक्षिक निरन्तरतालाई प्रवर्द्धन गर्नु र कसै पनि विद्यालय नछोडुन भन्ने हो ।

स्वयंसेवी संस्था मानव अधिकार तथा शान्ति समाजले कुनै पनि विदेशी वा स्वदेशी सरका दुतावास, दात्री संस्था, फाउण्डेसन, अन्तरसरकारी संस्था धार्मिक संघसंस्था, राजनीतिक दल, सुर्तीजन्य उद्योग र अन्तराष्ट्रि गैरसरकारी संस्था बाट आर्थिक सहयोग ग्रहण गर्दैन । शान्ति समाजका ८० जना सदस्य तथा शुभचिन्तकहरुबाट प्राप्त भएक १० लाख ८ हजारवाटै ८४ जना वालिकाहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो। देशका विभिन्न संस्था÷निकायहरुबाट पि कर्णाली केन्द्रित सहयोग अघि बढाउनुपर्छ भन्ने आग्रह शान्ति समाजको रहेको छ ।
यसैगरी कर्णालीको उत्थान र विकासमा योगदान गर्न आग्रहसहित दोस्रो चरणको अभियान शान्ति समाजले प्रारम्भ गरेको हो । यस क्रममा विभिन्न निकाय÷समुदायको ध्यानाकर्षण गराउँदै २०८१ जेठ १४ गते काठमाण्डौबाट नागरिक संवाद कार्यक्रमक थालनी भइसकेको छ । जस्मा मिसन कर्णाली, मोडेल कर्णाली, इन्भेष्ट कर्णाली, प्याकेज कर्णाली, रिलिफ कर्णाली र कर्णाली उत्थान र विकासमा साझेदारीबारे चर्चा गरिएको थियो ।
कर्णालीको उत्थानमा योगदान गर्न आग्रहसहित २०८० पुसमा शान्ति समाजको २६ औं राष्ट्रिय परिषद् बैठकले पारित गरेक प्रस्ताव र आह्वान यस प्रकार छ–
कर्णालीको उत्थानमा योगदान गर्न आग्रह
नेपालको कूल क्षेत्रफलको झण्डै १९ प्रतिशत क्षेत्रफल ओगटेको र १६ लाख भन्दा बढी जनसंख्या रहेको कर्णाली प्रदेशमा जलस्रोत जडिबुटी, प्राकृतिक संसाधन र पर्यटनको प्रचुर संभावना भएता पनि विकट कर्णाली क्षेत्रका नागरिकहरुको आर्थिक, सामाजिक अवस्था दयनीय छ ।
कर्णालीमा चार प्रतिशत बालबालिकाहरु शिक्षाको अधिकारबाट बञ्चित भएको र अहिले पनि कक्षा १० म ५० प्रतिशत बालबालिकाहरु शिक्षाबाट बञ्चित भएको तथ्यांक प्रकाशमा आएको छ । कर्णालीमा नदीहरु छन् तर खानेपान आयोजना छैन । घरमा खानेपानीको धारा छैन । हुम्ला, डोल्पा, मुगु जुम्ला लगायत विकट हिमाली जिल्ला सदरमुकाममा हवा यातायात छ तर शेष नेपालको तुलनामा हवाई भाडा अत्याधिक महंगो छ । कर्णालीको दुर दराजमा अझै पनि स्वास्थ्य सेव उपलब्ध छैन । यसैगरी कर्णालीका ६० प्रतिशत भन्दा बढी वस्तीहरु विभिन्न प्रकोपको जोखिममा छन् ।

मानव अधिकार तथा शान्ति समाजको २६ औं राष्ट्रिय परिषद् बैठक कर्णालीको उत्थानमा योगदान गर्न र विकास निर्माणक दृष्टिले कर्णालीलाई नमुना बनाउन सम्वद्ध सबैलाई आग्रहसहित निम्न ध्यानाकर्षण गराउँछः
क. सडक सञ्जालका रुपमा कर्णाली करिडोरले शिघ्र पूर्णता पाउनुपर्छ। कर्णाली करिडोरलाई उत्तर चीन सिमाना र दक्षिण भारव सिमानासँग जोड्नुपर्छ ।
ख. कर्णालीमा हवाई सञ्जाल विस्तार गर्नुपर्छ र हवाई भाडा सस्तो हुनुपर्छ ।
ग. कर्णालीमा रोपवे अर्थात रज्जुमार्गको विकास र विस्तार गर्नुपर्छ ।
घ. कर्णालीमा जडिबुटी प्रशोधन लगायत औषधी कारखानाहरु स्थापना गर्नुपर्छ ।
ङ. कर्णालीको जलस्रोतको समुचित सदुपयोग गर्नुपर्छ ।
च. जैविक विविधताको संरक्षण सदैव उच्च प्राथमिकता हुनुपर्छ । वातावरणमैत्री नीति अवलम्व गर्नुपर्छ । रेडपाण्डा लगायत दुर्लभ लोपोन्मुख जीव र बहुमुल्य जडिबुटीहरुको संरक्षणका लागि तीनै तहको सरकारले विशेष कार्ययोजना लागू गर्नुपर्दछ । विभिन् खाले प्रकोपमा रहेका बस्तीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्छ । प्रकोप जोखिम न्युन भएको सुनिश्चित गरेर मात्र नयाँ वस्ती विकास गर्नुपर्छ । विकट कर्णालीमा गुणस्तरीय शिक्षाको विकास र विस्तारका लागि विशेष कार्ययोजना लागू गर्नुपर्छ । नेपालका नाम चलेका शैक्षिक प्रतिष्ठानहरुले कर्णालीको शिक्षामा समेत योगदान गर्नुपर्छ । त्यसका लागि निश्चित विद्यालयसँग सहकार्यको परम्पर विकास गर्नुपर्छ । सरकारसँगको साझेदारीमा शैक्षिक प्रतिष्ठानहरुको स्थापना र विस्तारलाई बढावा दिनुपर्छ । छ
ज. विकट कर्णालीमा गुणस्तरीय स्वास्थ्य सेवाका लागि विशेष कार्ययोजना लागू गर्नुपर्छ । नेपालका नाम चलेका स्वास्थ्य प्रतिष्ठानहरुले कर्णालीको स्वास्थ्यमा समेत योगदान गर्नुपर्छ ।
फ. नेपालका महानगरपालिकाहरुले विकट कर्णालीको विकासमा समेत निश्चित मात्रामा सहयोग गर्नुपर्छ ।
न. विकट कर्णालीका नागरिकको मानवोचित जीवन यापन र समग्र कर्णालीको उत्थानका लागि सबै क्षेत्रबाट सहयोग गर्नुपर्छ समग्र कर्णालीलाई नमुना कर्णालीका रुपमा स्थापित गर्नुपर्छ ।

नेपाल कर्म । २५ जेष्ठ २०८१, शुक्रबार १५:४७