सुर्खेत । मनसुनजन्य विपदबाट जोगिन नेपाली सेनाको अगुवाइमा विभिन्न सरोकारवाला निकायसँग संयुक्त विपद व्यवस्थापन अभ्यास कार्यक्रम सम्पन्न भएको छ । विहिबार काली बहादुर गण कपासे सुर्खेतको आयोजनामा लेकवेसी नगरपालिका–१ छोटे स्थित भेरी नदीमा विपद व्यवस्थापन मनसुन अभ्यास कार्यक्रम गरिएको हो ।

नेपाली सेना काली बहादुर गण कपासे सुर्खेतको आयोजनामा विभिन्न किसिमको विपदमा परेका जनताको जिउ धनको सुरक्षाका निम्ति नेपाली सेना,सशस्त्र प्रहरी र जनपद प्रहरी जवानहरुद्धारा उद्धारका लागि विपद प्रतिकार्य संयुक्त अभ्यास गरिएको थियो ।


जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उद्धारकर्ताहरुले अभ्यास मार्फत पानीमा डुबेका र बगेका मानिसहरुको उद्धार गरी आफ्नो तयारी अवस्था र क्षमता प्रदर्शन गरेका थिए ।
उक्त अभ्यास कार्यक्रममा भेरीगंगा नगरपालिकाका प्रमुख यज्ञ प्रसाद ढकाल, सशस्त्र प्रहरी बल नेपाल महेश्वरी बाहिनी सुर्खेतका प्रमूख सशस्त्र प्रहरी नायव महानिरीक्षक दुर्गा प्रसाद भट्टराई, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी बरिष्ठ उपरीक्षक वीर बहादुर वली, जिल्ला प्रहरी कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्का, स्थानिय जनप्रतिनिधीहरु लगायत सरोकारवाला निकायका प्रतिनिधीहरु र स्थानीय वासीहरुको सहभागीता रहेको थियो । तिन वटै सुरक्षा निकायका सुरक्षाकर्मी द्वारा विपद व्यवस्थापन मनसुन तथा पुर्व तयारी अभ्यास कार्यक्रम गरी सम्पन्न गरिएको थियो ।

भावना राेकाया । २५ जेष्ठ २०८१, शुक्रबार १३:३३