दाङमा श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार शालिकराम बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई तुलसीपुर बाहिनी चोकबाट पक्राउ गरेको हो ।

बुढाथोकीले शुक्रबार बिहान दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ डुम्रीगाउँस्थित घरको कोठामै श्रीमती टिका बुढाथोकीको हत्या गरी फरार भएका थिए ।

कपुरकोट ६ सल्यान घर भई नेपाली सेनाको ज्वालदल गण बारामा कार्यरत थिए ।

शान्तिसेनाबाट फर्किएर घर बिदामा आएका बुढाथोकीले श्रीमतीलाई बिहान परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिकाको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।
शालिकरामले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए । थापाको गर्धन र टाउकोमा गम्भीर चोट लागेको छ । उनको अवस्था पनि गम्भीर भएको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । २५ जेष्ठ २०८१, शुक्रबार १२:५६