कर्णाली यात्रामा कांग्रेस नेता निधि : पार्टी भित्र असन्तुष्टि र असहमति छ, मिलाउछौं

सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि कर्णालीकाे यात्रामा निस्किएका छन् । कर्णालीका विभिन्न जिल्लाहरुमा पुगेर पार्टीका नेता र कार्यकर्ताहरुसँग भेटघाट गर्ने उदेश्यले निधि यात्रामा निस्कीएका हुन् ।



शुक्रबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन गरेका नीधिले कर्णालीको दैलेख, कालिकोट, जुम्ला र मुगु जिल्लामा जाने र पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम तय भएको बताए ।

उनले पार्टीभित्रका समस्या समाधान गर्दै ०८४ को चुनावमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमतको सरकार बनाउने गरी लागेको बताएका छन्। नेता निधिले पार्टीभित्र वितृष्णा पैदा भएको उल्लेख गरे।

पार्टीभित्रको असन्तुष्टि र असहमतिलाई सहज बनाउनका लागि देशभरनै छलफल र भेटघाटको काम अघि बढाइएको उनको भनाइ छ । पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘पार्टीभित्रको समस्याहरु समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।’

उनले पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारको आधारमा समाधान गर्नुपर्ने बताए । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको कारण राष्ट्रिय राजनीतिमा समस्यालाई आइरहेको बताए ‌। यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरेर गएपनि त्यो टिक्न नसकेको उनले बताए।

पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भएपनि प्रधानमन्त्री प्रचण्ड त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया