काठमाडौं । जनमतका अध्यक्ष सीके राउतले मधेशको मुख्यमन्त्री सतिशकुमार सिंहलाई बनाउने निर्णयपछि असन्तुष्टि बढेको छ । जनमतका संसदीय दलका नेता महेश यादव र प्रमुख सचेतक चन्दन सिंहलाई छोडेर सांसद सतिश सिंहलाई अगाडि ल्याएपछि विवाद बढेको हो । पार्टीभित्र असन्तुष्टि भुसको आगोझै बढेको छ । तर, नेताहरूले औपचारिक रूपमा भने बोलेका छैनन् ।
![]()
पार्टी अध्यक्ष राउतको ठाडो निर्देशनले संसदीय दलका नेता यादव पनि असन्तष्ट रहेको बताइएको छ । जनमत स्रोतका अनुसार यादवको सट्टा सिंहलाई संसदीय दलको नेता बनाउने प्रयास पनि भइरहेको छ । संसदीय दलको नेतालाई मुख्यमन्त्री बनाउने भन्दै यादवलाई हटाएर सिंहलाई दलको नेता बनाउन खोजिएको हो । अध्यक्ष राउतले यादवलाई राजीनामा गराएर सिंहलाई दलको नेता बनाउन अनौपचारिक रूपमा सन्देश दिइसका छन् । मुख्यमन्त्रीका लागि दाबी गर्न जानुअघि दलको बैठक बसेर सिंहलाई दलको नेता बनाउन खोजिएको छ ।


त्यसमा दलका सांसदहरू भने असन्तुष्ट रहेका कारण समस्या भएको छ । यादव नै मुख्यमन्त्रीका दाबेदार थिए । दलको नेता भएका कारण उनी स्वतः दाबेदार थिए । उनको पक्षमा प्रदेश सांसदमा पनि बहुमत रहेको दाबी गरिएको छ । प्रदेशसभामा १३ जना सांसद रहेका छन् ।
१३ जनामध्ये बहुमत सदस्य यादवको पक्षमा रहेको तर अध्यक्ष राउतले उक्त अवस्थालाई ख्याल नगरी सिंहलाई अगाडि सारेपछि चन्दन सिंह पनि असन्तुष्ट रहेका छन् । चन्दन पनि उनीहरू मुख्यमन्त्रीका दाबेदार थिए । तर, पार्टीभित्र अध्यक्ष राउत र चन्दन सिंहको सम्बन्ध भने केही बिग्रिएको छ । विद्यार्थी कालदेखिका साथी सीके राउत र चन्दनको सम्बन्ध विग्रिएपछि उनी मुख्यमन्त्रीको दाबेदारमा कमजोर रहेका थिए ।

नेपाल कर्म । २४ जेष्ठ २०८१, बिहीबार १५:५७