आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थपिन्छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले आगामी दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत् थप गर्ने बताएका छन् ।



बिहीबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदै मन्त्री बस्नेतले दुई वर्षभित्र सोलारबाट १ हजार मेगावाट विद्युत राष्ट्रिय प्रणालीमा थप हुने बताएका हुन् ।

तपाईको प्रतिक्रिया