सुर्खेत । प्रहरीले जिल्लाको भेरीगंगाबाट एक क्विन्टल २५ केजी अवैध चिनी बरामद गरेको छ। भेरीगंगा नगरपालिका–१० तोलीखोला पुल स्थित ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरी टोलीले चिनी बरामद गरेको हो।
नेपालगञ्जदेखि सुर्खेततर्फ आउदै गरेको बा ३ ख ७६४८ नम्बरको फोर्स गाडीलाई चेकजाँच गर्ने क्रममा अवैध चिनी फेला पारेको हो।

कुनै पनी बिल नभएको चिनी भेटिएपछि प्रहरीले फोर्स गाडीलाई नियन्त्रणमा लिएको हो।


नेपाल कर्म । २८ जेष्ठ २०८०, आईतवार १२:४३