काठमाडौं। हावाहुरीका कारण कैलालीमा एक बालिकाको मृत्यु भएको छ। कैलालीको टीकापुर नगरपालिका–१ विशालनगरकी १५ वर्षीया प्याउरी विकको मृत्यु भएको हो।

बुधवार राति ८ बजेतिर आफन्तको घरबाट फर्किँदै गरेकी प्याउरीलाई घर नपुग्दै बाटैमा रुख ढलेर च्यापेको प्रत्यक्षदर्शी स्थानीयवासीले जानकारी दिए। विक जनकल्याण आधारभूत विद्यालय लायकपुरमा कक्षा ७ मा पढ्थिन्। उनको शव अहिले पोस्टमार्टमका लागि टीकापुर अस्पतालमा राखिएको छ।



नेपाल कर्म । २४ जेष्ठ २०८१, बिहीबार १०:२१