लागुऔषधसहित सुर्खेतबाट तीन जना पक्राउ

सुर्खेत । वीरेन्द्रनगरबाट सुर्खेत प्रहरीले तीन जनालाई लागूऔषधसहित पक्राउ गरेको छ । वीरेन्द्रनगर–६ मंगलगढी चोकमा रहेको एक् होटलबाट तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा सान्नीत्रिवेणी गाउँपालिका–३ कालिकोटका ३० वर्षीय अर्जुन देवकोटा, नेपालगञ्ज उपमहानगरपालिका–११ बाँकेका २४ वर्षीय खिरोज खान र बाँकेकी २३ वर्षीय शारदा सिंह रहेका छन् ।



प्रहरीले उनीहरुको साथबाट १९ ग्राम ८२० मिलिग्राम लागू औषध जस्तो देखिने धुलो पदार्थ फेला पारेको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । साथै, प्रहरीले नेपाली तीन हजार र भारतीय दुई हजार ६ सय रुपैयाँ, एक एक थान मोबाइल समेत बरामद गरेको छ । थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको छ ।

तपाईको प्रतिक्रिया