सन्दीपलाई अमेरिकाले भिसा नदिएको कारण सदनलाई जानकारी गराउन कांग्रेस सांसदको माग 

काठमाडौं । नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेल्न जान अमेरिकाले भिसा नदिएको विषयमा सरकारको जवाफ माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा भिसा प्रक्रियामा सरकारले गरेको पहलबारे सदनलाई जानकारी गराउन माग गरे ।



उनले भने, ‘नेपाली राष्ट्रिय खेलाडी सन्दीप लामिछानेको भिसाको सन्दर्भमा धेरै विषय उठान भएको छ, सरकारलाई आग्रह गर्छु वास्तविकता के हो रु सदनलाई जानकारी गराइयोस् ।’

विश्वकप खेल्न जानको लागि दुई पटक अन्तर्वार्तामा बोलाउँदा पनि सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो ।

भिसा अस्वीकारपछि सरकारले पनि पहल गरेको भए पनि सफल हुन सकेन ।

तपाईको प्रतिक्रिया