सुर्खेत । नेपाल जनस्वास्थ्य संघ, कर्णाली प्रदेश कार्यसमितिकाे अध्यक्षमा भानुभक्त बस्याल निर्विराेध निर्वाचित भएका छन् । संघ जनस्वास्थ्य तथा जनस्वास्थ्यका विभिन्न विधामा स्नातक वा सो भन्दा माथिल्लो शैक्षिक योग्यता भएका जनस्वास्थ्यकर्मीहरुको हकहितमा काम गर्ने गैह्र-राजनैतिक, साझा तथा छाता पेशागत संगठनकाे नयाँ कार्यसमितिमा नाै सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

उपाध्यक्षमा सन्तोष धामी, सचिवमा टेक बहादुर थापा, सह-सचिवमा भुपेन्द्र शर्मा र कोषाध्यक्षमा निराजन चपाई निर्विरोध निर्वाचित भएका हुन् । यस्तै सदस्य खुल्लामा उमेश गौतम, ऐनबहादुर सावत, ओम प्रकाश पौडेल र सदस्य समावेशीमा गणेश नेपाली छन् ।


निर्विराेध निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र र पदभार हस्तान्तरण गरिएकाे नेपाल जनस्वास्थ्य संघ कर्णाली प्रदेश निर्वाचन समितिका संयोजक नवराज कँडेलले जानकारी दिए ।
स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्का, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. शक्ति प्रसाद सुवेदी, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख वृषबहादुर शाहीले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई खादा तथा टिका लगाई बधाई तथा शुभकामना दिएका छन्।

नेपाल कर्म । २२ जेष्ठ २०८१, मंगलवार २०:३३