सल्यान । राेल्पा जिल्लासँग सिमाना जाेडिएकाे सल्यानकाे छत्रेश्वरीकी एक महिलाले बाटाेमै शिशुकाे जन्माएकी छन् । छत्रेश्वरी गाउँपालिका-२ मा वर्थिङ्ग सेन्टर नहुँदा भीमा विकले बाटाेमै शिशु जन्माएकी हुन् ।

भीमा मात्रै हैन यहाँका अधिकाँश महिलाहरु गाउँमा वर्थिङ्ग सेन्टर नहुँदा २ घण्टाको पैदल यात्रामै गर्भवती आमाहरु प्रसुती सेवा केन्द्र नपुग्दै वीचबाटोमा सुत्केरी हुने गरेका छन।

साविकको दमाचौर गा.वि.स.को रुपमा रहेको एक वटा बर्थिङ्ग सेन्टरमा प्रसुती हुन जाँदा हाल छत्रेश्वरी गाउँपालिका वडा नं २ का सुत्केरी आमाहरुलाई अपाएक पर्ने प्रसुती सेवा केन्द्रमा नै सुरक्षित प्रसुती सेवा लिन जाँदा भीमाले बाटाेमै बच्चा जन्माएकी हुन् ।
प्रसुतीका लागि बर्थिङ्ग सेन्टर जाँदै गर्दा बाटाेमै शिशु जन्मिएपनि आमा र शिशुको स्वास्थ्य अवस्थामा सामान्य रहेको स्वास्थ्य बुढाले बताइन् । प्रसुती व्यथा लागेपछि सुरक्षित प्रसुती सेवा लिन वडा नं १ को प्रसुती सेवा केन्द्र जान भीमाले भगवती आधारभूत विद्यालय दहचौरको पुरानो भवन नजिक स्वास्थकर्मीहरुले सुरक्षित रुपमा शिशुकाे जन्म भएकाे हाे ।
अनममी सन्जीता बुढा मगर र कार्यालय सहयोगी कल्पना वलीले बीच बाटोमै सुरक्षित मातृत्वको स्याहारसहित शिशुलाइ जन्म दिएकी हुन्। छत्रेश्वरी गाउँपालिकाले सुरक्षित प्रसुती सेवा दिन वडा नं २ मा कर्मचारी व्यवस्था गरेको छ ।

तर भवन अभावहुँदा सुरक्षित प्रसुती सेवा लिनको लागि वडा नं १ मा नै जानु पर्ने वाध्यता रहेकाे कार्यालय प्रमुख चुडामणि बस्नेतले बताए। बाटोमै पुगेर स्वास्थ्यकर्मीले सुत्केरी आमालाइ प्रसुती सेवा दिएकाे उनले बताए ।
सेवाका लागि कठीन भूगोल, एम्वुलेन्स सेवाको अभाव र २ घण्टा हिडेर गर्भवती आमा प्रसुती सेवा लिन जाँदा बीचबाटोमै हालसम्म चार जना प्रसुती भएकाे उनले बताए ।
‘भवन अभाव छ, सुत्केरी आमालाइ सुरक्षित प्रसुती दिन २४ सै घण्टा सेवामा हुनुपर्छ तर भव अभाव कर्मचारी कोठाभाडामा बस्नु पर्ने जस्ता समसस्याका कारण भवन माग गर्दा पनि भवन निर्माण प्रक्रियामा कुनै चासो स्थानीय र प्रदेश सरकारबाट नहुँदा सुरक्षित प्रसुती सेवा दिन कठिन भएको छ’ बस्नेतले भने ।
अहिलेसम्म सुरक्षित प्रसुती सेवाको लागि वडा नं १ मा नै जानु पर्ने बाध्यता रहेकाे र भवन निर्माणका लागि सरोकारवालाहरुसंग पहल थालेको छत्रेश्वरी गाउँपालिकाका २ नम्बर वडाध्यक्ष प्रेमबहादुर नेपालीले बताए ।
सुरक्षित प्रसुती सेवाको काम थालनी गर्न पालिकाबाट कर्मचारी व्यवस्था गरिसकिएकाे तर भवन नहुँदा स्वास्थ्यकर्मीहरुले सहज सेवा दिन कठिन भएको उनले बताए ।

नेपाल कर्म । २३ जेष्ठ २०८१, बुधबार ०८:१६