समाजवादी प्रेस संगठनको अध्यक्षमा सुवेदी निर्वाचित

काठमाडाैँ । समाजवादी प्रेस संगठन, नेपालको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित भएका छन्। आइतबार बिहान काठमाडौंमा सम्पन्न भएको समाजवादी प्रेस संगठन, नेपालको पहिलो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा सुवेदी निर्वाचित भएका हुन्।



अध्यक्षमा निर्वाचित सुवेदीले १४७ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी भुपराज खड्काले ११९ मत पाए। अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे।

यसैगरी, खुला उपाध्यक्षमा नवराज छत्कुल्ली, महिला उपाध्यक्षमा अस्मिता गिरी, उपाध्यक्ष (उपत्यका) मा कृष्णराज गौतम, उपाध्यक्ष (एसोसिएट/प्रतिष्ठान) मा तेजप्रसाद वाग्ले र उपाध्यक्ष (सुदूरपश्चिम) मा नरेन्द्र भट्ट निर्वाचित भएको निर्वाचन समितिका सदस्य नारायण सुवेदीले जानकारी दिए।

यस्तै, महासचिवमा रामकुमार एलन निर्वाचित भएका छन्। एलनले १३९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी हृदय भुसालले १३० मत पाए। उपमहासचिवमा प्रेम गौतम, प्रतिज्ञा बुढामगर र लेखनाथ सिकारु विजयी भएका छन् ।

खुल्ला सचिवमा शिवप्रसाद ढुङ्गाना, अनिल शाही र पूर्णबहादुर कार्की निर्वाचित भएका छन्। यसैगरी, महिला सचिवमा क्रान्ति न्यौपाने, दलित सचिवमा प्रदीप नेपाली र कोषाध्यक्षमा कृपा भण्डारी निर्वाचित भएका छन्।

तपाईको प्रतिक्रिया