बालेनलाई योगेश भट्टराईको आग्रह– आफ्नै आमाको अस्मितामाथि प्रश्न नउठाउनुस्

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेताहरू जेल बसेको कुरालाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मजाक उडाएको आरोप लगाएका छन् ।



मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सचिव भट्टराईले अग्रजको त्याग र बलिदानबाट अहिलेको व्यवस्था आएकाले काठमाडौंको मेयर बन्ने अवसर पाएको नबिर्सिन बालेनलाई आग्रह गरेका हुन् ।

अग्रजहरूको त्याग र बलिदानबाट अहिलेको व्यवस्था आएकाले म काठमाडौंको मेयर बन्ने अवसर मैले पाएको हुँ भन्ने नबिर्सिनुस्, उनले भने । सचिव भट्टराईले आफ्नै आमाको अस्मितामाथि प्रश्न नउठाउन पनि मेयर शाहलाई आग्रह गरे ।

‘आफ्नै आमाको अस्तित्वमाथि चिथोर्दै हुनुहुन्छ, आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाउनु भएको छ, उनले प्रश्न गर्दै भने,आफ्नै आमाको अस्मितामाथि प्रश्न उठाउँदै हुनुहुन्छ भने तपाईंले यो समाजलाई कता लैजाँदै हुनुहुन्छ ?’

बालेनका विषयमा बोल्दा बालेनका साइबर ग्याङले खेद्‌न सक्ने भन्दै सचिव भट्टराईले साइबर ग्याङको बलले राजनीति नचल्ने बताए ।

तपाईको प्रतिक्रिया