भारतीय चुनावकाे –प्रारम्भिक मतगणनामा मोदी नेतृत्वको गठबन्धन अग्रता

काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना चलिरहेको छ । सुरुआती रुझानमा नरेन्द्र मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ ।



५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ चाहिन्छ । बीबीसी हिन्दीका अनुसार जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २७७ सिटमा अग्रता लिएको छ ।

कांग्रेस नतृत्वको इण्डिया गठबन्धन २०५ सिटमा अगाडि छ । ४७ सिटमा अन्य अगाडि छन् ।

भारतमा ७ चरणमा चुनाव भएको थियो । पहिलो चरणको मतदान १९ अप्रिलमा भएको थियो भने अन्तिम चरणमा १ जुनमा मतदान भएको थियो ।

तपाईको प्रतिक्रिया