जुम्लाको कनकासुन्दरी गाउँपालिका –७ का किसानलाई भेडा वितरण

सुर्खेत । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले किसानलाई भेडा वितरण गरेको छ । आर्थिक वर्ष २०८०/८१ को बजेटबाट कनकासुन्दरी गाउँपालिका–७ का १८ जना किसानलाई भेडा वितरण गरिएको गाउँपालिकाको पशुपक्षी विकास शाखाका प्रमुख लालबहादुर रावतले बताए ।



कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको सात लाख, लाभग्राहीबाट चार लाख २० हजार र कनकासुन्दरी गाउँपालिका को दुई लाख ८० हजार रुपैयाँको लागतमा भेडा खरिद गरेको थियो । गडुनानी साझेदारी भेडा पकेट समूहले ९० भेडा र दुई वटा थुमा खरिद गरेर किसानलाई वितरण गरेको हो ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयकाअनुसार जुम्लामा अहिले ८४ हजार तीन सय ८८ भेडा रहेको छ । यसैगरी बाख्राको सङ्ख्या ४६ हजार तीन सय छ रहेका कार्यालयका प्रमुख ज्ञानेन्द्र बुढ्थापाले जानकारी दिनुभयो ।पाँच वर्षअघि भेडापालनको सङ्ख्या घटेको भन्दै अहिले उक्त सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया