काठमाडौं । काठमाडौंको न्युरोडमा फुटपाथ विस्तारको विषयलाई लिएर काठमाडौं महानगरपालिका र सडक विभागबीच विवाद भएको छ ।

काठमाडौं महानगरले न्युरोड क्षेत्रमा फुटपाथ विस्तारका लागि खनेको सडक पिच गर्न सोमबार सडक विभागको टोली पुगेपछि विवाद भएको हो । काठमाडौं महानगरले न्युरोड क्षेत्रको फुटपाथ साँघुरो रहेको भन्दै त्यसलाई फराकिलो बनाउन सडक खनेको थियो ।


स्थानीयवासीले भने त्यसको विरोध गरेका थिए । स्थानीयवासीको विरोधपछि सडक विभागले महानगरलाई तत्काल खनेको सडक पिच गर्न निर्देशन दिएको थियो । तर, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले फुटपाथ विस्तार गर्नुपर्ने भन्दै सडक विभागको निर्देशन मानेका थिएनन् ।
महानगरले निर्देशन नमानेपछि सडक विभागको टिम सडक पिच गर्न आफैँ न्युरोड क्षेत्रमा पुगेको थियो ।

नेपाल कर्म । २१ जेष्ठ २०८१, सोमबार १३:२८