एमालेले संसदमा बजेटबारे भन्यो– कार्यान्वयनमा चुनौती तर सन्तुलित

काठमाडौँ । संसदमा बजेटमाथि छलफल सुरु हुँदा सत्तारुढ दल नेकपा एमालेले कार्यान्वनमा चुनौती भए पनि बजेट सन्तुलित भएको बताएको छ । आइतबार बजेटमाथिको छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री वर्षमान पुनले चुनौती सिर्जना गर्ने र समाधान गर्ने अठोटका साथ बजेट ल्याएको बताए ।



पौडेलले अर्थमन्त्री पुनले बजेट ल्याउँदा सहज बाटो नरोजेको उल्लेख गर्दै अर्थमन्त्रीले अर्थतन्त्रका चुनौतीका बीच काम गर्ने कोसिस गरेको देखिएको बताए । उनले बजेट तुलनात्मक रुपमा सन्तुलित रहेको बताए । उनले २० खर्बको हाराहारीमा बजेट आउने बाहिर आसंका र अनुमानका आधारमा विरोध र समर्थनमा स्वरहरू सुनिए पनि सन्तुलित आकारको बजेट आएको टिप्पणी गरे ।

उनले १८ खर्ब ६० अर्ब ३० करोडको बजेटको आकार तुलनात्मक रुपमा सन्तुलित रहेको उल्लेख गरे । तर उनले बजेटको आकारअनुसार स्रोत जुटाउन सजिलो नभएको बताए । उनले बजेटको स्रोत जुटाउन सजिलो नभए पनि सीमासम्म जान सकिने बताए ।

पौडेलले बजेटलाई महत्वकांक्षीभन्दा पनि उच्च आकांक्षी भन्न मिल्ने बताए । उनले राजस्व संकलन, आन्तरिक ऋण र अन्तर्राष्ट्रिय सहयोगमा उच्च आकांक्षा राखेको बताए ।

पौडेलले जेठ १६ गतेसम्म ८ खर्ब ६७ अर्ब राजस्व संकलन भएको र चालु आर्थिक वर्षमा ११ खर्ब राजस्व संकलन हुने अनुमान भए पनि आगामी आर्थिक वर्षमा १२ खर्ब ६० अर्बको लक्ष्य निर्धारण गरिएको भन्दै त्यो सहज नभएको बताए । उनले सरकारले राज्यका सबै संरचना संयन्त्रहरूलाई प्रभावकारी रुपमा सञ्चालन गर्दा राजस्वको लक्ष्य पूरा गर्न सम्भव रहेको बताए ।

पौडेलले जेठ १६ गतेसम्म १४ अर्ब ८६ करोड मात्रै वैदेशिक सहयोग प्राप्त गर्न सकेको तर आगामी आर्थिक वर्षका लागि ५२ अर्ब लक्ष्य निश्चित भएको भन्दै यो पनि सजिलो नभएको उल्लेख गरे । उनले वैदेशिक ऋण चालु आर्थिक वर्षमा ७१ अर्ब मात्रै प्राप्त गर्न सकेको भन्दै आगामी आर्थिक वर्षमा २ खर्ब १७ अर्ब ६७ करोड परिचालन गर्ने निश्चित गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले राजस्वले साधरण खर्च धान्न नसक्ने, ऋण तिर्नका लागि ऋण लिनुपर्ने अवस्थामा आगामी आर्थिक वर्षमा ३३० अर्ब आन्तरिक ऋण उठाउने प्रश्ताव स्वाभाविक रुपमा सीमाभन्दा माथि रहेको उल्लेख गरे ।

पौडेलले बजेटमार्फत सरकारले आगामी आर्थिक वर्षमा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य सम्भव रहेको बताए । उनले प्रस्तुत गरिएका स्रोत परिचालन, खर्च व्यवस्थापन प्रभावकारी रुपमा गर्ने, उत्पादनका क्षेत्रहरूमा लगानी केन्द्रित गर्न सक्दा ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा हुन सक्ने दाबी गरे ।

अर्थमन्त्रीले बजेट निर्माण गर्दा सत्तारुढ दलका प्रमुख नेताहरूसँग बजेटका विषयमा छलफल नगरेको भन्दै पौडेलले असन्तुष्टि जनाए । उनले अर्थमन्त्रीले शीर्ष नेताहरूसँग छलफल गर्नसकेको भए बजेट अझ राम्रो आउने अवस्था रहेको बताए ।

पौडेलले नयाँ चरणको आर्थिक सुधार भनिएको भन्दै त्यसलाई अझ स्पष्ट बनाएर जान आवश्यक रहेको बताए र्। े बताउनु भयो ।

तपाईको प्रतिक्रिया