कालीकोटमा गएराती जिप दुर्घनाहुँदा तीन जनाको मृत्यु

सुर्खेत । कालीकोटमा गएराती जिप दुर्घटनाहुँदा तीन जनाको मृत्यु भएको छ। शनिबार राती साढे ११ बजेको समयमा जिप दुर्घटना परेको हो।



जिल्ला प्रहरी कार्यालय कालीकोटका अनुसार दुर्घटनामा मृत्यु हुनेमा दुई जना कालीकोटका र एक जना दैलेखका रहेका छन्।

जिप शुभकालिका–६ गविराममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

कालीकोटका प्रहरी निरीक्षक सुबराज बमले जिप दुर्घटनामा शुभकालीका गाउँपालिका-२ भर्ताका जिप चालक ३० वर्षीय हर्के कामी, वडा नम्बर ८ का ३१ वर्षीय रामबहादुर शाही र दैलेखको नौमुले गाउँपालिकाका २५ वर्षीय गोपाल सलामी मगरको मृत्यु भएको जानकारी दिए।

उनका अनुसार शुभकालिका गाउँपालिका–६ चिसापानीदेखि बेहुली पानतडी सडकखण्डहुँदै चौकी बजारबाट हाउँडीतर्फ जादै गरेको लु १ च ८४९८ नम्बरको डब्बल क्याप जिप दुर्घटनामा परेको हो।

जिप सडकबाट एक सय ५० मिटर तल खसेको थियो।

तपाईको प्रतिक्रिया