काठमाडौं। गृह मन्त्रालयले सार्वजनिक बसमा एक महिनाभित्र अपाङ्गमैत्री सिँढी राख्न अनुरोध गरेको छ । सार्वजनिक यातायातलाई अपाङ्गमैत्री र अशक्त मैत्री बनाइने उद्देश्यले मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेर अनुरोध गरेको हो ।

अपाङ्गता तथा अशक्त व्यक्तिलाई आवागमनमा सहज होस् भन्नका लागि सार्वजनिक बसमा अनिवार्य अपाङ्गतामैत्री र्याम्प राख्न अनुरोध गरेको गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए । अहिले सार्वजनिक गाडीमा चढ्न अपाङ्गता भएका व्यक्तिले हैरानी बेहोर्दै आएका छन् ।


काठमाण्डौमा सञ्चालन हुने साझाको विद्युतीय बसमा भने ढोका होचो भएकोले अपाङ्गता भएका व्यक्तिलाई सहज रहेको छ ।

नेपाल कर्म । २० जेष्ठ २०८१, आईतवार १२:२८