काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ । आजदेखि दुवै सदनमा बजेटसम्बन्धी छलफल सुरु हुँदैछ ।

प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।


आजै बोलाइएको राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययमाथिको वार्षिक अनुमानमाथि छलफलको कार्यसूची छ।

नेपाल कर्म । २० जेष्ठ २०८१, आईतवार १०:५९