पीएम कप एनभीए भलिबल लिगमा हेल्प नेपालको विजयी सुरुवात

काठमाडौँ । पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपालले विजयी सुरुवात गरेको छ ।



त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शनिबार बिहान भएको पहिलो खेलमा हेल्प नेपालले बूढानीलकण्ठ भलिबल क्लबलाई ३(१ को सेटमा पराजित गर्दै लिगमा विजयी सुरुवात गरेको हो ।

हेल्प नेपालले पहिलो सेट २५–२० र दोस्रो सेट २५–१२ को जित निकालेको थियो । तर, तेस्रो सेट भने हेल्प नेपाल २७–२९ ले गुमाउन पुग्यो । चौथो सेटमा बूढानीलकण्ठमाथि हेल्प नेपालले २५–२२ को जित निकाल्यो ।

नेपाल भलिबल संघको आयोजनामा सुरु भएको लिगअन्तर्गत पहिलो दिन शनिबार ६ खेल हुनेछन् ।

तपाईको प्रतिक्रिया