सुर्खेतमा मापसे गरी सवारी चलाउनेलाई बनाइयो ट्राफिक स्वयंमसेवक

सुर्खेत । सुर्खेतमा मादक पदार्थ सेवन (मापसे) गरी सवारी नियम उल्लंघन गर्नेहरुलाई सुर्खेतका विभिन्न चोकमा सहयोगीका रुपमा खटाएको छ । मापसे गरी सवारी साधान चलाउने चालकहरुलाई नियम अनुसार कारबाही गर्दै सुर्खेतमा पनि बुधबारदेखि ट्राफिक स्वयंमसेवकका रुपमा खटाउन सुरु गरिएको हो ।



कारबाहीमा परेका चालकहरुलाई एक घण्टा स्वयंसेवकको रुपमा खटाईएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । कार्यालयका प्रहरी नायव निरिक्षक नारायण सिंह धामीका अनुसार ट्राफिक व्यवस्थापनको लागी ट्राफिक प्रहरीसंगै १९ जनालाई स्वयंसेवकको रुपमा खटाइएको छ ।

उनीहरुले ट्राफिक प्रहरीसँगै जेब्राक्रसमा पैदल यात्रुहरुलाई बाटोकाट्ने तरिका लगायत मादक पदार्थ सेवन गरी सवारी साधन चलाउदाँ हुनसक्ने दुर्घटना र ट्राफिक नियम सम्बन्धि सचेतना फैलाएका छन् ।

तपाईको प्रतिक्रिया