अत्यधिक गर्मी बढेपछि वीरेन्द्रनगरका निजि विद्यालयहरु एक हप्तासम्म बन्द हुने

सुर्खेत । अत्यधिक गर्मीका कारण वीरेन्द्रनगरभित्रका नीजि विद्यालय एक हप्ता बन्द हुने भएका छन । सुर्खेतमा गर्मी बढेको भन्दै नीजि विद्यालयहरुको छाता संगठन प्याव्सनले यही २० गते आइतबारदेखि एक हप्तासम्म विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।



आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाहरुको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको प्याव्सन सुर्खेतका अध्यक्ष बेद प्रकाश ढकालले जानकारी दिए ।

उनका अनुसार गर्मीका कारण विद्यार्थीहरुको स्वास्थ्यमा हुन सक्ने असरलाई मध्यनजर गर्दै सामुहिक छलफलपछि विद्यालय बन्द गर्ने निर्णय गरिएको बताए । यता, वीरेन्द्रनगरभित्रका सामुदायिक विद्यालयहरु पनि बन्द गर्ने तयारी गरिएको छ ।

वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखा प्रमुख धिरेन्द्र शर्मा लम्सालले गर्मी अत्याधिक बढेको भन्दै वीरेन्द्रनगरभित्रका विद्यालयहरु बन्द गर्ने तयारी गरिएको जानकारी गराए । तर निर्णय भने भइनसकेको उनको भनाई छ ।

तपाईको प्रतिक्रिया