इन्फिनिटी लघुवित्तद्वारा सल्यानमा व्यवसायिक पशुपालन तालिम

सुर्खेत । इन्फिनिटी लघुवित्त वित्तिय संस्थाले सल्यानमा एक दिने व्यवसायिक पशुपालन तालिम सम्पन्न गरेको छ । बिहिबार जिल्लाको बागचौर नगरपालिका २ मा तालिमको आयोजना गरिएको हो ।



तालिममा व्यवसायिक बाख्रापालनका विषयमा अभिमुखिकरण गरिएको थियो । तालिममा सल्यानका विभिन्न ६ वटा स्थानीय तहबाट संस्थाको ७२ वटा समुहमा आवद्ध सदस्यको उपस्थिति रहेको थियो । आधुनिक प्रविधिबाट बाख्रापालन गरि व्यवसायिक पशुपालनमा सदस्यहरुलाई जोड्ने उद्देश्य तालिमको रहेको छ ।

कार्यक्रमको प्रमुख अतिथि संस्थाको केन्द्रीय कार्यालयका भेटेरेनरी डाक्टर कृष्णप्रसाद पौडेल र देविका शर्माको सभापतित्वमा तालिम सम्पन्न भएको कार्यक्रम संचालक एवम् शाखा प्रबन्धक लक्ष्मण शाही ले जानकारी दिए ।

तपाईको प्रतिक्रिया