सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध (ब्राउनसुगर) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर–४ गणेशटोलका २४ वर्षिय छविलाल गिरी रहेका छन ।

उनीलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक वीरेन्द्रविर विश्वकर्माले जानकारी दिए ।


प्रहरीका अनुसार शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेलापारी शरीर चेकजाच गर्दा उनको साथबाट २१० मिलिग्राम लागुऔषध (ब्राउनसुगर) सहित बरामद गरिएको हो ।
उनलमई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

नेपाल कर्म । १७ जेष्ठ २०८१, बिहीबार १५:१७