सुर्खेत । नेपाल बजार बिक्रि प्रतिनिधि संघले आफ्नो स्थापना दिवसको अवसर पारेर धार्मिक तथा पर्यटकिय स्थल देउती बज्यै मन्दिर परिसरमा बृहत सरसफाई गरेको छ । बिहिबार संघको २३ औं स्थापना दिवसको अवसर पारेर कर्णाली प्रदेश इकाई कमिटी सुर्खेतको आयोजनामा मन्दिर परिसरमा सरसफाई गरिएको हो ।

संघका कर्णाली प्रदेश इकाई कमिटी अध्यक्ष विवेक खड्का, केन्द्रीय उपाध्यक्ष हरिप्रसाद ज्ञावली, केन्द्रीय सदस्य प्रदीप रिमाल, केन्द्रीय सल्लाहकार सदस्य राजनकुमार सुवेदी लगायतको सहभागितामा सरसफाई गरिएको हो । यस्तै, प्रदेश सल्लाहकार एवम् निवर्तमान अध्यक्ष निलकमल तिमिल्सिना सल्लाहकार सदस्य बिस्नुप्रसाद लामिछाने लगायत संघका प्रतिनिधिहरुको सहभागितामा मन्दिर परिसरमा बृहत सरसफाई गरिएको संघका कर्णाली अध्यक्ष विवेक खड्काले जानकारी दिए ।


नेपाल बजार प्रतिनिधि सघ २०५८ साल जेठ १७ गते कास्की जिल्ला प्रशासन कायालयमा दर्ता भएको बजार बिक्रि प्रतिनिधिहरुको आधिकारिक छाता संगठन हो । उक्त सस्था नेपाल सरकार श्रमरोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत स्वतन्त्र ट्रेड युनियनमा आवद्ध रही गैरराजनीतिक संगठनका रुपमा दर्ता छ ।

नेपाल कर्म । १७ जेष्ठ २०८१, बिहीबार १३:३७