अखिल महिला संघ कर्णाली अध्यक्षमा खड्का चयन

सुर्खेत । अखिल नेपाल महिला संघ कर्णाली प्रदेशको अध्यक्षमा पदमा खड्का भयन भएकी छन् । वीरेन्द्रनगरमा सम्पन्न संघकाे प्रथम सम्मेलनले खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।



अध्यक्षमा चयन भएकी खड्का पूर्व प्रदेश सभा सांसद र नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य हुन् ।

संघकाे उपाध्यक्षमा द्वय कुमारी थापा र अम्बिका बाेहरा, सचिवमा तारा शाही, सहसचिवमा काेकिला सिंह ठकुरी र काेषाध्यक्षमा चन्द्रिका महरा छन् । अधिवेशनले संघकाे ५१ सदस्यीय नयाँ कमिटी चयन गरेकाे छ ।

तपाईको प्रतिक्रिया