जिप दुर्घटनामा परी मृत भएका चारै जनाकाे पहिचान खुल्यो

सुर्खेत । सुर्खेतमा आज बिहान भएको जिप दुर्घटनामा परी ज्यान गुमाएका चारै जनाकाे पहिचान खुलेको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटनामा परेको थियो ।



जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनाग्रस्त जिपमा छ जना सवार थिए । घाइते हुनेमा कालिकोट खाडाचक्रका नरी विक र नरेन्द्र विष्ट रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको प्रदेश अस्पतालमा उपचार भइरहेको छ ।

मृत्यु हुनेमा कालिकोट गाउँपालिकाका ४० वर्षीय तन्त विक, १७ वर्षीय वीरेन्द्र विक, २७ वर्षीय नवराज विक र दैलेख भैरबी गाउँपालिका ४ का ३८ वर्षीय महेन्द्र शाही रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माले जानकारी दिए ।

तपाईको प्रतिक्रिया