काठमाडौँ । सरकारले आजदेखि सातवटै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गर्दैछ । सबै प्रदेशमा रोजगारदाता र श्रमिकहरूलाई एक ठाउँमा ल्याएर रोजगारसँग जोड्ने उद्देश्यले मेला आयोजना गर्न लागिएको श्रम मन्त्रालयले जनाएको छ ।

हरेक प्रदेशमा रोजगार मेला दुई दिन सञ्चालन हुने छ । आज १७ गते र भोलि १८ गते कोशी प्रदेशको विराटनगरमा मेला सुरु हुने छ ।


मधेश प्रदेशको जनकपुरमा जेठ १९ र २० गते, गण्डकी प्रदेशको पोखरामा २१ र २२ गते, लुम्बिनी प्रदेशको बुटवलमा २३ र २४ गते, कर्णाली प्रदेश सुर्खेतस्थित सिटी हलमा २५ र २६ गते, सुदूरपश्चिम प्रदेशको धनगढीमा २७ र २८ गते तथा बाग्मती प्रदेशको ललितपुरमा २९ र ३० गते मेला आयोजना हुनेछ ।

नेपाल कर्म । १७ जेष्ठ २०८१, बिहीबार १०:५३