हुम्लामा आगलागी, एक लाख बढीको क्षती

सुर्खेत । हुम्लामा आगलागीबाट एक लाख बढीको क्षती भएको छ । चंखेली गाउँपालिका–३ का बर्षबहादुर ऐडीको घरमा आगलागीहुँदा १ लाख ६५ हजार ५ सय रुपैयाँ बराबरको धनजनको क्षती भएको हुम्ला प्रहरीले जानकारी दिएको हो ।



एडीको एकतले घरको एक कोठामा आगलागीहुँदा धनजनको क्षती भएको प्रहरीको भनाई छ । आगलागी भएको खवर पाउने वित्तिकै प्रहरी चौकी मिमिबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख भिमलाल भटराइले जानकारी दिए ।

उनकाअनुसार आगलागीबाट मानिस तथा पशु चौपायमा क्षती भएको छैन् । तर कोठाभित्र रहेका लत्ता कपडा, खाद्यन्न, मोवाइल लगायतका सामग्री जलेर नष्ट भएका छन् ।

तपाईको प्रतिक्रिया