सुर्खेत । कर्णाली प्रदेशमा हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगीताको लागि ६० करोड रकम विनियोजन गरिएको छ । संघिय सरकारले आगामि आर्थिक बर्ष २०८१/८२ को बजेटमा १० औं राष्ट्रिय प्रतियोगीताको लागि ६० करोड रकम विनियोजन गरिएको उल्लेख गरेको छ । मंगलबार बजेट प्रस्तुत गर्दै अर्थमन्त्री बर्षमान पुनले खेलकुदका लागी बजेट विनियोजन गरेको जानकारी दिए ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्षमा राष्ट्रिय स्तरका ८० खेलकुद प्रतियोगिता हुने र बाघचाल, डन्डिबियो र घोडचढी जस्ता परम्परागत खेललाई प्रवर्द्धन गरिने बताए । संघीय सरकारको युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन भएको हो ।


खेलकुदमा महिला सहभागिता बढाइने जनाइएको छ । ओलम्पिक र एसियाली खेलकुदका लागि राष्ट्रिय टिम तयार गरेर प्रशिक्षण गरिने छ । आगामी आर्थिक वर्षमा ८० वटा राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना हुने, शिक्षकलाई खेलकुदको तालिम दिई विद्यालय तहमा खेल प्रवर्द्धन गर्ने र निजी संघसंस्था तथा कम्पनीलाई खेलकुदमा आबद्ध गरिने अर्थमन्त्री पुनले बताए ।

भावना राेकाया । १६ जेष्ठ २०८१, बुधबार ११:३३