ङ्करदेखि ब्यारेक कार्यक्रमलाई १ अर्ब ५० करोड बजेट विनियोजन

काठमाडौँ । नेपाली सेनाले सञ्चालन गर्दै आएको बङ्करदेखि ब्यारेक कार्यक्रमका लागी सरकारले १ अर्ब ५० करोड विनियोजन गरेको छ । सो कार्यक्रमका सञ्चालन गर्न आर्थिक वर्ष २०८१–०८२ का लागी १ अर्ब ५० करोड विनियोजन गरेको अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमार्फत जानकारी गराएका छन् ।



नेपाली सेनालाई प्रविधियुक्त र व्यावसायिक बनाइने अर्थमन्त्रीले बताए । सेनाले सञ्चालन गर्दै आएको सेवादल तालिमलाई स्थानीय स्तरसम्म विस्तार गरिने भएको छ । रक्षा मन्त्रालयका लागी सरकारले ५९ अर्ब ८७ करोड रकम विनियोजन गरेको छ ।

तपाईको प्रतिक्रिया