सरकारले साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने

काठमाडौं । विद्यालयमा साथीबाट सिक्ने साथीलाई सिकाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ। मंगलबार सरकारले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि रु ८७ करोड विनियोजन गरेको जनाएकाे हाे ।




नीति तथा कार्यक्रममा शिक्षाको गुणस्तर वृद्धि गर्न नयाँ कार्यक्रम सञ्चालन गर्न थालिएको हो।
कक्षा १२ सम्मका विपन्न विद्यार्थीलाई छात्रावृतिको कार्यक्रम ल्याउने भएको छ।

सामुदायिक विद्यालयमा प्राविधिक धारका कार्यक्रम सञ्चालन गर्न स्थानीय तहलाई सहयोग गर्ने छ।

तपाईको प्रतिक्रिया