९८ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको सरकारको दाबी

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले ९८ प्रतिशत जनतामा विद्युत् पहुँच पुगेको दाबी गरेका छन।



संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०८१/८२ को बजेटका प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन । उनले सबै जिल्ला सडक सञ्जालमा जोडिएको पनि बताए।  देशभर वाणिज्य बैंकका पाँच हजार ४२ वटा शाखा सञ्चालनमा रहेको पनि जनाइएकाे छ ।

संघीय संसद्‌को संयुक्त बैठकमा उनले आर्थिक वर्षको राजस्वको आय र व्ययको प्रतिवेदन पेस गरेका छन । उनले नयाँ चरणको आर्थिक सुधार आवश्यक देखिएको भन्दै आगामी आवलाई आर्थिक सुधारको वर्ष घोषणासमेत गरेका हुन ।

तपाईको प्रतिक्रिया