टिओआरले कार्यदलबाट पायो अन्तिम रूप

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितिको कार्यादेश (टिओआर)लाई कार्यदल बैठकले अन्तिम रूप दिएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले टिओआरलाई निष्कर्षमा पुर्‍याएको एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले जानकारी दिए।



अब उक्त टिओआर प्रधानमन्त्रीलाई बुझाएलगत्तै सार्वजनिक गर्ने पनि बर्तौलाले बताए। सोमबार साँझ बालुवाटारमा बसेको सत्ता र विपक्षी दलको बैठकमा भएको सहमतिअनुसार नै आज कार्यदलले टिओआरलाई अन्तिम रूप दिएको हो।

टिओआरमा कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम राख्नुपर्ने अडान राख्दै आएको थियो तर अन्तिम समयमा यो अडानबाट कांग्रेस पछि हटेसँगै सहमति भएको हो।

तपाईको प्रतिक्रिया