काठमाडौं । मङ्गलवार १ बजेका लागि तय भएको संयुक्त सदनको बैठक ३ बजेका लागि सरेको छ ।

आज सरकारले आगामी आर्थिक वर्षको बजेट घोषणा गर्दैछ । सदन बस्नुअघि दिउँसो २ बजे मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

मन्त्रिपरिषद्बाट बजेट पारित गराएर सार्वजनिक गर्ने चलन छ ।

सहकारी प्रकरण छानबिनका लागि बन्ने संसदीय समितको कार्यदेश टुंगाउन केही समय लाग्ने भएपछि सरकारको अनुरोधमा बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।
सोमबार कार्यादेशमा सहमति जुटेपछि दलहरुले आज समितिमा बस्ने नेताहरुको नाम बुझाउने छन् ।

नेपाल कर्म । १५ जेष्ठ २०८१, मंगलवार १२:४४