अष्ट्रेलियामा माछा मार्ने क्रममा २ नेपाली युवाको मृत्यु

काठमाडौं । अष्ट्रेलियामा माछा मार्ने क्रममा चिप्लिएर दुई नेपालीको मृत्यु भएको छ।



दक्षिण सिड्नीको समुद्री किनारमा माछा मार्न गएका उनीहरुको ढुंगामा चिप्लिए ज्यान गएको अस्ट्रेलियाको प्रहरीले विज्ञप्ति मार्फत् जनाएको छ।

उनीहरु चिप्लिएको खबर पाएसँगै प्रहरी र लाइफ गार्डले उद्धार गरेका थिए। उनीहरुलाई हेलिकप्टरद्धारा  उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएसँगै सोमबार अपरान्ह उनीहरुलाई चिकित्सकले मृत घोषित गरेका थिए।

ती दुई २२ र २५ वर्षका नेपाली युवा भएको प्रहरीले जनाएको छ। उनीहरुको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। आवश्यक अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

तपाईको प्रतिक्रिया