रुकुम पश्चिम । यार्सागुम्बा टिप्न डोल्पा पुगेकी रुकुम पश्चिमकी युवतीको लेक लागेर मृत्यु भएको छ । आठविसकोट नगरपालिका–४ गोतामकोट विष्ट गाउँ निवासी २२ वर्षीया जमुना विष्टको लेक लागेर सोमबार मृत्यु भएको हो ।

डोल्पाको काइके गाउँपालिकाको लैनीबगरदेखि माथि डाँडामा पुगेको बेला उनको मृत्यु भएको वडा अध्यक्ष नरसिंह विष्टले जानकारी दिए । यार्सागुम्बा टिप्न डोल्पाको नाउरे भन्ने स्थानमा पुगेको बेला लेक लागेर बिरामी भएपछि साथमा रहेकी कान्छी बहिनी सरस्वती विष्टसहित घर फर्कँदै गरेको बेला बाटोमै जमुनाको मृत्यु भएको अध्यक्ष विष्टको भनाई छ ।


मृतक जमुनाको शव जिल्ला अस्पताल डोल्पामा ल्याएर पोस्टमार्टम गर्ने तयारी भएको । त्यसपछि गोतामकोट ल्याइने तयारी गरिरहेको बताइएको छ ।

नेपाल कर्म । १५ जेष्ठ २०८१, मंगलवार ११:३१