काठमाडौं। नेपालमा महिला शिक्षकको सङ्ख्या बढ्दै गएको देखिएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तद्वारा आइतबार संघीय संसद्का दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले सो तथ्य औँल्याएको हो ।

शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१–५) मा महिला शिक्षकको सङ्ख्या ५४.१ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो सङ्ख्या ४७.२ प्रतिशत थियो । एक वर्षको अवधिमा महिला शिक्षकको सङ्ख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ ।


यद्यपि माध्यमिक तह ९कक्षा (९–१२) मा भने महिला शिक्षकको सङ्ख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्याङ्कले देखाएको छ ।

नेपाल कर्म । १४ जेष्ठ २०८१, सोमबार १६:२५